इतिहासमा आज

बिहिबार, २५ भदौ, २०८३
डिजिटल संस्करण

सन् २००८ : स्विट्जरल्यान्डको सर्नमा मानव इतिहासकै सबैभन्दा ठुलो वैज्ञानिक परीक्षण ‘लार्ज हेड्रोन कोलाइडर’ले काम सुरु गर्यो । यसले ब्रह्माण्डको उत्पत्ति खोज्नेछ ।

सन् १८९४ : लन्डनको ट्याक्सी ड्राइभर जर्ज स्मिथलाई विश्वमै पहिलोपटक मादक पदार्थ सेवन गरेर गाडी चलएकोमा जरिवाना (२० सिलिङ) तिराइयो । 

सन् १९४५ : दोस्रो विश्वयुद्धको समयमा नाजीनजिक रहेर नर्वेमा सरकारको नेतृत्व गरेका विद्कुन क्विस्लिनलाई यसै दिन मृत्युदण्डको सजाय सुनाइयो । 

सन् १९४५ : यस दिन ल्यायिड ओल्स नामक किसानले काटेको कुखुरा (जो पछि माइक नामले चर्चित भयो)को टाउको काटिँदा पनि मरेन । त्यसपछि अठार महिनासम्म बाँचेको सो कुखुराको दिमागी स्टेम सेल र गुजलर भेन भने काटिएको थिएन । 

सन् १९७७ : यातना दिएर हत्या आरोपका दोषी हमिदा ज्यानदोबीलाई यसै दिन गिलटिनबाट मृत्युदण्ड दिइने अन्तिम व्यक्ति बने ।

सन् २००२ : लामो समय तटस्थताका लागि संयुक्त राष्ट्र संघको सदस्यता नलिएको स्विट्जरल्यान्डले अन्ततः यस दिन सदस्यता लियो ।

सन् २००७ : सात वर्षअघि सैन्य कुपछि निर्वासनमा गएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अन्ततः देश फर्किए । 

सुझावित समाचार