इतिहासमा आज

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

सन् १७७६ : अमेरिकाको संसद्ले एक प्रस्ताव पास गर्दै देशको औपचारिक नाम ‘युनाइटेड कोलोनिज’बाट बदलेर ‘युनाइटेड स्टेट्स अफ अमेरिका’ बनायो ।

सन् १८८१ : इजिप्टको सेनाभित्रको एक हिस्साले देशमा बढ्दो ब्रिटिस तथा फ्रेन्च प्रभाव कम गर्न दबाब दिन कु गर्यो, तथापि केही दिनमै कुमा संलग्नहरू पक्राउ परे ।

सन् १९०८ : हवाईजहाजका आविष्कारक राइट दाजुभाइका एक सदस्य ओरभिल राइटले पहिलोपटक जहाज एक घण्टाभन्दा बढी समय उडाउन सफल भए । भर्जिनियाको फोर्ट मेयरबाट उडेको जहाज ६२ मिनेट १५ सेकेन्ड उडेको थियो ।

सन् १९४८ : दोस्रो विश्वयुद्धपछि विभाजित कोरियाली प्रायद्वीपको उत्तरी भागमा नियन्त्रण काम गरेका किम इल सुङले यसै दिन प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको घोषणा गरे ।

सन् १९६५ : तिब्बत चीनको स्वाशासित क्षेत्र घोषित भयो ।

सन् १९७६ : माओत्सेतुङको ८२ वर्षको उमेरमा यसै दिन निधन भयो ।

सन् १९९१ : मध्य–एसियाली मुलुक ताजिकिस्तान सोभियत संघबाट स्वतन्त्र भयो । १९औँ शताब्दीदेखि नै रुसको नियन्त्रणमा रहेको सो भूमिलाई सोभियत संघ स्थापना गर्दा ताजिक सोभियत सोसलिस्ट रिपब्लिकका रूपमा गठन गरिएको थियो ।

सन् १९९३ : इजरायल र स्वतन्त्र प्यालेस्टिनी राज्यका लागि लडिरहेको ‘प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसन (पिएलओ)’ले पत्र आदानप्रदान गर्दै एक–अर्काको अस्तित्व स्विकारे । यस सञ्चार आदानप्रदान भएको चार दिनपछि ह्वाइट हाउसमा दुई पक्षबिच ‘पहिलो ओस्लो सम्झौता’मा हस्ताक्षर भयो, जसले प्यालेस्टिनी स्वशासित सरकारको प्रारूप तय गर्यो ।

सन् २००७ : पानामाका पूर्वसैनिक शासक म्यानुअल नोरोगा १७ वर्षको अमेरिकी कारावासपछि सन् २००७ मा थुनामुक्त भए । लागुऔषध तस्करी, सम्पत्तिको हिनामिना र ठगीधन्दाको अभियोगमा उनी जेल परेका थिए ।

सन् २०१५ : बेलायती महारानी एलिजावेथ द्वितीय बेलायती राजतन्त्रको इतिहासमा सर्वाधिक लामो समय शासन गर्ने शाही शासक बनिन् । सोही वर्षको सेप्टेबर ९ मा उनले महारानी भिक्टोरियाको रेकर्ड तोडेकी थिइन् । सन् १८३७ को २० जुनमा राजगद्दी आरोहण गरेकी भिक्टोरियाले ६३ वर्ष सात महिना दुई दिनसम्म शासन गरेकी थिइन् ।

सुझावित समाचार