सन् १६६६ : झन्डै १३ हजार घर नष्ट गरेको र आठजनाको ज्यान लिएको ‘ग्रेट फायर अफ लन्डन’ भनेर चिनिने लन्डनको आगजनी चार दिनपछि बल्ल साम्य भयो ।
ईसापूर्व ३११४ : माया सभ्यताको पात्रोको गणना आजकै दिनबाट सुरु भएको देखिन्छ ।
सन् १६५१ : ओलिभर क्रमवेल नेतृत्वको सेनाबाट पराजित भएपछि इंग्ल्यान्डका राजा चार्ल्स द्वितीयले एक दिनभरि रुखमा लुकेर ज्यान बचाए ।
सन् १९१६ : अमेरिकाको टेनिसी राज्यको मेम्फिसमा विश्वको पहिलो वास्तविक अर्थको सुपरमार्केट ‘पिग्ली विग्ली’ स्थापना भयो ।
सन् १९४१ : जर्मनीमा ६ वर्षमाथिका सबै यहुदीले तारा अंकित ब्यान्ड लगाउनुपर्ने निर्देशन लागू भयो ।
सन् १९७२ : म्युनिख ओलम्पिकमा भाग लिन गएका ११ इजरायली खेलाडी सेप्टेम्बर ५ मध्यरातिदेखि सुरु भएको आतंकवादी आक्रमणमा मारिए ।
सन् १९९१ : रुसको दोस्रो ठुलो सहरको नाम लेनिनग्रादबाट सेन्ट पिटर्सबर्गमा फेरियो । सहरको नाम सन् १९२४ मा लेनिनग्राद राखिनुअघि पेत्रोग्राद बनाइएको थियो । त्योभन्दा पनि अघि सेन्ट पिटर्सबर्ग नै थियो ।
सन् १९९१ ः सोभियत संघले आफ्ना तीन बाल्टिक गणतन्त्र लात्भिया, इस्टोनिया र लिथुआनियाको स्वतन्त्रता स्वीकार गर्यो ।
सन् १९९७ : बेलायतकी पूर्वराजकुमारी डायनाको अन्तिम संस्कार वेस्टमिनिस्टर एबेमा सम्पन्न भयो ।
सन् २०१७ : क्याटालोनियाको संसद्ले स्पेनबाट अलग हुने विषयमा जनमत संग्रह गराउने कानुन पास गर्यो ।
सन् २०१८ : भारतको सर्वोच्च अदालतले समलिंगी यौनसम्पर्कलाई अपराध मान्ने औपनिवेशिक कानुन उल्टाइदियो ।