सन् १९४१ : विस्टन चर्चिलले देशमा आणविक हतियार बनाउने कार्यक्रमलाई अनुमोदन गरे । बेलायत त्यस्तो कार्यक्रम सरकारी रूपमा अनुदमोदन गर्ने पहिलो देश बन्यो ।
सन् १६५९ : मुगल सम्राट् औरंगजेबले उनका दाइ तथा सत्ताका वास्तविक हकदार दारा सिकोलाई धार्मिक कारण देखाउँदै मृत्युदण्ड दिए । शव दिल्लीका सडकमा प्रदर्शन गरिएको थियो ।
सन् १९४२ : नाजी जर्मनीले लक्जम्बर्ग कब्जा गर्यो ।
सन् १९६० : पूर्वी जर्मनीले पश्चिम बर्लिनमाथि आंशिक नाकाबन्दी लगायो ।
सन् १९६७ : शीतयुद्ध उत्कर्षमा पुगेको वेला तथा क्युबेली मिसाइल हमलाका कारण अमेरिका र रुस युद्धका लागि आमनेसामनेको अवस्थामा रहेका वेला सोभियत युनियन र अमेरिकाबिच सन् १९६७ मा हटलाइन टेलिफोन सेवा सुरु भएको थियो ।
सन् १९७९ : वैज्ञानिकहरूले पहिलोपटक पुच्छ्रेतारा सूर्यमा ठक्कर खाएर नष्ट भएको घटना पहिलोपटक रेकर्ड गरे । ठक्करमा झन्डै १० लाख हाइड्रोजन बमबराबर ऊर्जा निस्केको थियो ।
सन् १९८३ : गिउइन स्टिवार्ट ब्लुफोर्ड अन्तरिक्षमा पुग्ने पहिलो अफ्रिकीमूलका अमेरिकी हुन् । अमेरिकी हवाई फौजका पाइलट तथा एसटिएस–८ को कारिन्दा ब्लुफोर्ड सन् १९८३ को ३० अगस्टमा नासाको अन्तरिक्षयान च्यालेन्जरबाट अन्तरिक्षको यात्रा तय गरेका थिए ।
सन् १९९१ : मध्य एसियाली देश अजरबैजान सन् १९२० देखि सोभियत युनियनको एउटा महत्वपूर्ण भाग थियो । सन् १९९१ को डिसेम्बरमा सोभियत युनियनबाट स्वतन्त्र हुने वा उसकै अधीनमा रहने भन्नेबारेमा जनमतसंग्रह भयो । जनमतसंग्रहमा अधिकांशले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए ।
सन् १९९९ : पूर्वी टिमोरलाई इन्डोनेसियाभित्रै अझै बढी स्वायत्त अधिकार दिने वा स्वतन्त्र राष्ट्र घोषित गर्ने भन्नेबारेमा जनमतसंग्रहको घोषणा भएको थियो ।
सन् २०२१ : सन् २००१–२१ बिच २० वर्ष चलेको अफगानिस्तान युद्ध अन्त्य भएपछि अमेरिकी सेनाले अफगानिस्तानमा तैनाथ उसका सबै सेना फिर्ती सम्पन्न गर्यो ।