विपतमा भाडा नबढाउन एयरलाइन्सहरूलाई निर्देशन

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशमा उत्पन्न भीषण बाढी तथा प्राकृतिक विपत्तिको विषम परिस्थितिलाई ध्यानमा राख्दै सबै हवाई सेवाप्रदायक कम्पनीहरूलाई हवाई भाडा नबढाउन निर्देशन दिएको छ । प्राधिकरणको हवाई यातायात विभागले बुधबार पत्र जारी गर्दै सर्वसाधारणको हितलाई मध्यनजर गरेर भाडादर नियन्त्रणमा राख्न निर्देशन दिएको हो ।

नेपाल वायुसेवा निगम, बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई सम्बोधन गर्दै पठाइएको पत्रमा सरकारबाट स्वीकृत उच्चतम (म्याक्सिमम) भाडादरभन्दा कम र हालको परिस्थितिलाई मध्यनजर गर्दै समुचित एवं नबढ्ने गरी हवाई टिकट उपलब्ध गराउन भनिएको छ ।

प्राधिकरणका अनुसार प्राकृतिक विपत्का वेला यात्रुहरूसँग अस्वाभाविक वा अधिकतम भाडा असुल नगर्न र सहज रूपमा टिकट व्यवस्थापन गर्न सबै वायुसेवा कम्पनीलाई सख्त ताकेता गरिएको छ ।

सुझावित समाचार