सन् १७८९ : फ्रान्सको संसद् नेसनल एसेम्ब्लीले राजाको अधिकार कटौती गर्ने र वाक् तथा धार्मिक स्वतन्त्रता साथै स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गरेको ‘डिक्लेसेसन अफ द राइट्स अफ म्यान एन्ड अफ द सिटिजन’ पारित गर्यो । यो फ्रेन्च क्रान्तिको प्रमुख आधार बन्यो । साथै यसलाई आधुनिक मानव अधिकार कानुन तथा लोकतान्त्रिक संविधानको आधारसमेत मानिन्छ ।
सन् १९१० : सन् १९७९ को नोबेल शान्ति पुरस्कार विजेता मदर टेरेसाको यसै दिन अल्बानियामा जन्म भयो ।
सन् १९२० : यस दिन अमेरिकी संविधानको १९औँ संशोधन भएसँगै आमचुनावमा महिलाले पनि पुरुषसरह मतदान गर्ने अधिकार पाए ।
सन् १९६६ : दक्षिण अफ्रिकी फौजले नामिबिया स्वतन्त्र बनाउने अभियानमा लागेको फौजविरुद्ध आक्रमण गरेसँगै स्वतन्त्रता आन्दोलन चर्कियो । त्यो आक्रमणले २४ वर्ष लामो विद्रोहको पहिलो आक्रमण थियो । नामिबियाले २१ मार्च १९९० मा स्वतन्त्रता पाएको थियो । नामिबियालाई यस दिनलाई हरेक वर्ष ‘नायक दिव’का रूपमा स्मरण गर्छ ।
सन् १९७८ : पूर्वी जर्मन हवाई फोर्सका चालक सिग्मन्ड अन्तरिक्ष पुग्ने पहिलो जर्मन बने । उनी सोभियत रकेट सोयुज–३१ मा चढेर अन्तरिक्ष पुगेका थिए ।
सन् १९९९ : इस्लामिक फौजले दागेस्तान नियन्त्रणमा लिएको प्रतिक्रियामा रुसले दोस्रो चेचेन युद्ध सुरु गर्यो । युद्ध तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिनको निर्देशनमा सुरु भएको थियो ।
सन् १९९९ : क्यानडाको फ्रेन्चभाषी प्रान्त क्युवेकले ‘चार्टर अफ फ्रेन्च ल्याङ्वेज’ पारित गर्दै फ्रेन्चलाई राज्यको एक मात्र औपचारिक भाषा बनायो । साथै यसले सो प्रान्तमा बसोवास गर्ने आप्रवासीले पनि अंग्रेजी भाषाको सट्टा फ्रेन्च सिक्नुपर्ने व्यवस्था गर्यो ।