इतिहासमा आज

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

सन् १९३९ : सोभियत नेता जोसेफ स्टालिन र जर्मन विदेशमन्त्री जोआचिम भोन रिब्बेनट्रोपबिच एक–अर्काको देशविरुद्ध आक्रमण नगर्ने सन्धीमा हस्ताक्षर भयो । सो सम्झौताले हिटलरलाई पोल्यान्ड आक्रमण गर्ने मार्गप्रशस्त गरेको थियो । नभन्दै सम्झौताको दश दिनपछि जर्मनीले पोल्यान्डमा आक्रमण गर्यो, जोसँगै दोस्रो विश्वयुद्ध सुरु भएको थियो ।

सन् १८२१ : ११ वर्ष लामो युद्धपछि अन्ततः स्पेनले मेक्सिकोमाथिको नियन्त्रण त्याग्यो । नियन्त्रण छोडेसँगै मेक्सिकोले स्वतन्त्रता प्राप्त गर्यो ।

सन् १९५२ : अरब लिगका सात सदस्य राष्ट्रबिच सैन्य, राजनीतिक तथा आर्थिक सम्बन्ध प्रगाढ बनाउने सुरक्षा सम्झौता कार्यान्वयनमा गयो ।

सन् १९५८ : जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाले ताइबानको क्वेमो टापुमा बमबारी सुरु गरेसँगै दोस्रो ताइबान संकट सुरु ।

सन् १९९० : पूर्वी तथा पश्चिम जर्मनीले अक्टोबर ३ का दिन एक हुने घोषणा गरे ।

सन् १९९६ : भूमिगत रहेका ओसामा बिन लादेनले आजकै दिन ‘इस्लामका दुई पवित्र सहर (मक्का र मदिना) कब्जा गरिबसेको अमेरिकाविरुद्ध युद्ध घोषणा’ गरेको सन्देश जारी गरेका थिए ।

सन् २०११ : विद्रोही फौजले लिबियाली नेता मुअम्मर गद्दाफीको त्रिपोलीस्थित कार्यालय कब्जा गरे । योसँगै गद्दाफीको चार दशक लामो शासनको अन्त्य भएको थियो । फरार गद्दाफी दुई महिनापछि लिबियाकै सुर्त सहरमा पक्राउ परे र लगत्तै मारिए ।

सुझावित समाचार