लेबनान बन्यो मृत्युदण्डको सजाय अन्त्य गर्ने पहिलो मध्यपूर्वी देश

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

लेबनान मृत्युदण्ड खारेज गर्ने पहिलो मध्यपूर्वी देश बनेको छ । मंगलबार लेबनानको १२८ सदस्यीय संसद्ले बहुमतका आधारमा मृत्युदण्ड खारेज गर्ने पक्षमा मतदान गरे । मृत्युदण्डलाई कठोर श्रमसहितको आजीवन कारावासले प्रतिस्थापन गरिनेछ । 

उसो त लेबनानको अदालतले मृत्युदण्डको सजाय दिइरहे पनि जनवरी २००४ देखि त्यहाँ मृत्युदण्डको कार्यान्वयन भने भएको छैन । सजाय दिइएका दोषी लामो समयदेखि मृत्युदण्डको पर्खाइमा रहिरहने गरेका छन् । लेबनानी न्याय मन्त्रालयको कारागार निर्देशनालयका अनुसार सन् २०२५ को अन्त्यमा ८५ जना मृत्युदण्डको सजायको पर्खाइमा बसिरहेका थिए ।

मृत्युदण्ड र मृत्युदण्डसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने एम्नेस्टी इन्टरनेसनलको पछिल्लो प्रतिवेदनअनुसार गत वर्षको अन्त्य (डिसेम्बर)सम्म विश्वका लगभग तीनचौथाइ देशले कानुन वा अभ्यासमा मृत्युदण्ड खारेज गरिसकेका थिए । अर्थात्, यी देशमा विगत १० वर्षमा एकपटक पनि मृत्युदण्ड दिइएका छैनन् । 

केही देशले ‘सामान्य अपराध’का लागि मात्र मृत्युदण्ड खारेज गर्दै सैन्य कानुनअन्तर्गतका वा असाधारण परिस्थितिका अपराधका लागि मात्र मृत्युदण्ड दिने गर्छ ।

See More On

सुझावित समाचार