आफ्ना जहाज कब्जा गरे बदला लिने पुटिनको चेतावनी

बिहिबार, २८ साउन, २०८३
डिजिटल संस्करण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी जहाज कब्जा गरे आफूहरूले प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिएका छन् । प्रशान्त महासागरमा रुसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा बोल्ने क्रममा पुटिनले त्यस्तो चेतावनी दिएका हुन् ।

केही देशका अधिकारीले अन्तर्राष्ट्रिय समुद्री कानुन उल्लंघन रुसी जहाज तथा अन्य शान्तिपूर्ण पानीजहाजको आवागमनमा अवरोध सिर्जना गर्न खोजेको उनले बताएका थिए । ‘यदि उनीहरूले हाम्रा जहाज कब्जा गरे भने हामी पनि त्यस्तै गर्नेछौँ,’ पुटिनले भने ।

पुटिनको टिप्पणी युरोपेली नौसैनिक फौजले रुसी ‘छाया फ्लिट’अन्तर्गतका भनिएका जहाजमाथि निगरानी, अवरोध र निरीक्षण बढाएका वेला आएको छ । भूमध्यसागरमा इटालीको नेतृत्वमा युरोपेली संघ (इयू)ले सञ्चालन गरेका गतिविधि पनि यसमा समावेश छन् । जुलाईको अन्त्यमा इयूले थप ४१ वटा ‘छाया फ्लिट’ जहाजलाई बन्दरगाहमा प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो ।

See More On

सुझावित समाचार