सरकारको नियतमा शंका छैन, तर ढंग सुधार्नुपर्छ : मनीष झा

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

रास्वपा सांसद मनीष झाले कतिपय कुराहरूमा सरकारको ढंग नपुगेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा झाले सरकारको नियतमा शंका नभएको भन्दै ढंग भने सुधार्नुपर्ने प्रस्ट पारे।

राज्यप्रतिको भरोसा र राष्ट्रप्रतिको आत्मविश्वास बढाउने लक्ष्यका साथ सबै पद्धतिलाई केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘अहिलेको कुरामा इन्टिग्रिटीमा कुनै पनि शंका छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर, कताकता ढंग नपुगेको हो कि भन्ने लाग्छ। र त्यो स्विकार्नुपर्छ।’

आफूलाई थाहा नभएको कुरा सिक्नुपर्ने उल्लेख गर्दै झाले थपे, ‘मलाई के थाहा छैन भन्ने कुरा जान्नुपर्छ, र त्यो कुरा सिक्नुपर्छ। जुन दिन तपाईं यो सोच्नुहुन्छ कि तपाईंलाई सबै चिज थाहा छ, त्यो दिन तपाईं मृतसमान हो।’

See More On

सुझावित समाचार