धनुषाको जनकपुरधाम उपमहानगरपालिकालगायतका क्षेत्रभित्र लगाइएको निषेधाज्ञा भोलि सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी हटाइएको छ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको तथा सुरक्षा अवस्था र जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएकाले प्रशासनले निषेधाज्ञा हटाएको हो।
‘...आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको र सुरक्षा अवस्था तथा जनजीवन सामान्यीकरणतर्फ उन्मुख भएकाले जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार श्रावण १८ गते सोमबार बिहान ५ बजेदेखि उक्त निषेधाज्ञा हटाइएको बेहोरा सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।