फेरि सुक्खा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

मंगलबार, १२ साउन, २०८३
डिजिटल संस्करण

चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिङनजिक खहरे खोलामा मंगलबार दिउँसो फेरि सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दिउँसो करिब ३ बजे सडकमाथिबाट सुक्खा पहिरो खसेपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको हो ।

पहिरो हटाउने कार्यको तयारी भइरहेको र थप पहिरो नझरेको अवस्थामा सडक सञ्चालनमा ल्याउन करिब दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। यसअघि मंगलबार बिहान पनि मुग्लिङ बजारनजिक सुक्खा पहिरो खस्दा केही समय सडक अवरुद्ध भएको थियो ।

पुनः पहिरो खसेपछि उक्त सडकखण्ड प्रयोग गर्ने यात्रु तथा सवारीसाधनलाई सावधानी अपनाउन र सम्भव भएसम्म सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
 

सुझावित समाचार