सुनसरी घटनाको नैतिक जिम्मेवारी स्वयं प्रधानमन्त्रीले लिनुपर्छ : एमाले नेता आचार्य

तल्लो तहका कर्मचारी सरुवा गरेर माथिल्लो नेतृत्व चोखिन मिल्दैन

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

नेकपा एमालेले सुनसरी घटनामा ​तल्लो तहका अधिकारीको सरुवा गरेर माथिल्लो नेतृत्व चोखिन नमिल्ने बताएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले उक्त घटनाको पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी गृह प्रशासन र स्वयं प्रधानमन्त्रीले लिनुपर्ने तर्क गरेका हुन्।

‘​तल्लो तहका अधिकारीको सरुवा गरेर माथिल्लो नेतृत्वले चोखिन मिल्दैन। यस घटनाको पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी गृह प्रशासन र स्वयं प्रधानमन्त्रीले लिनुपर्छ। नागरिकको ज्यानभन्दा ठूलो कुर्सी हुन सक्दैन,’ आचार्यले भनेका छन्।

सुनसरी घटनाले राज्यको सुरक्षा संवेदनशीलता र नागरिकप्रतिको दायित्वमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गर्दै उनले भनेका छन्, ‘परिस्थितिलाई संयमित बनाउनुको साटो सिधै गोली चलाउने आदेश कसको हो?’

सुझावित समाचार