डा. केसीसँगको वार्ता निष्कर्षविहीन, आज पनि छलफल हुँदै

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

सरकारसँग पाँचबुँदे माग राखेर अनशनमा बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबिच हिजो लामो समयसम्म भएको छलफल निषकर्षविहीन टुंगिएको छ । सेती प्रादेशिक अस्पतालमा दिउँसो करिब १ बजे सुरु भएको वार्ता राति ११ बजेसम्म चलेको थियो । तर, केसीका मागमा सहमति जुट्न सकेन ।

अहिले केहीबेरमा पुनः वार्ता सुरु हुँदै छ। डा. केसीका मागबारे वार्ता गर्न प्रतिनिधिसभा सदस्य पुकार बम, प्रधानमन्त्री बालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेल तथा डा. केसीका तर्फबाट डा. पवन थापा र डा. अमृत जैसी सहभागी छन्। 

दिनभर भएको वार्तामा केसीका प्रतिनिधिले कैयौँपटक आइसियूमा गएर सहमतिबारे केसीसँग परामर्श गरेका थिए । धनगढीको कृष्ण मन्दिरमा गत बिहीबारबाट अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको छ । डा. केसीले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिस्टारको नियुक्ति खारेज हुनुपर्ने अडान राखेका छन् ।

डा. केसीका तर्फबाट वार्तामा सहभागी जैसीले पाँचवटा मागमध्ये विश्वविद्यालयका पदाधिकारी हटाउने र निजी मेडिकल कलेजमा विद्यार्थी सिट निर्धारणबारे सहमति जुट्न बाँकी रहेको बताए ।

सुझावित समाचार