पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

पाल्पाको तिनाउ गाउँपालिका– ३, छहरागैरास्थित सिद्धार्थ राजमार्गमा गएराति भएको टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ। बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु.२ख १७१९ नम्बरको खाली टिपर अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खोलामा खसेको थियो ।

दुर्घटनामा टिपरचालक तिनाउ गाउँपालिका– ३, सिसुवाका करिब ३५ वर्षीय हेमबहादुर लम्तरी गम्भीर घाइते भएका थिए। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षक खिलबहादुर रानाको कमान्डमा चारजनाको टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो ।

घाइते लम्तरीलाई उपचारका लागि मर्चवार सिटी अस्पताल, बुटवल पठाइएकोमा गएराति ११:५४ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

सुझावित समाचार