कंगोमा द्वन्द्वले पाँच लाख विस्थापित

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) मा सन् २०२६ को सुरुदेखि पाँच लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । द्वन्द्व बढ्दै गएपछि देशमा विस्थापित बढेको संयुक्त राष्ट्र संघको शरणार्थी निकायले जानकारी दिएको हो ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसिआर)ले पूर्वी डिआरसीमा नागरिक र आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी)को संरक्षणबारे गम्भीर रहेको जनाएको छ । लडाकुबिचको लगातार झडपले दक्षिण किभु र उत्तर किभु प्रान्तमा नागरिक सुरक्षाको वातावरण बिग्रिँदै गएको छ ।

उत्तरी किभु प्रान्तको साके सहर र यसवरपरका क्षेत्रमा सरकारी सेना र विद्रोहीबिच हिंसात्मक झडप बढेको छ । तीव्र हिंसाको सामना गरिरहेका तीन क्षेत्र गोमा, साके र कालेबिचका सबै मानवीय मार्ग जारी युद्धका कारण बन्द गरिएको युएनएचसिआरले जनाएको छ ।

राष्ट्र संघको प्रतिवेदनले घाइतेको संख्या बढ्दा अस्पतालको आपत्कालीन क्षमतालाई असर गरेको छ । दुवै पक्षको गोलाबारीले गोमा र वरपरका क्षेत्रमा विस्थापित बासिन्दामा त्रास फैलाएको छ ।

धेरै विदेशी दूतावासले अलर्ट जारी गरेका छन् । उत्तरी किभुमा डिआरसी सेनाका प्रवक्ता गुइलाउम एनजिके काइकोले विद्रोहीले कब्जा गरेको क्षेत्रलाई मुक्त गर्ने प्रयास जारी राखेको बताएका छन् ।

See More On

सुझावित समाचार