राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य रञ्जु दर्शनाले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएकी छिन्। उनले आफूले संगठनलाई अझ मजबुत बनाउने उद्देश्यले महामन्त्रीमा उम्मेदवारी दिएको भए पनि विपिन आचार्यले उक्त जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने विश्वासका साथ आफूले उम्मेदवारी फिर्ता लिएको बताएकी हुन्।
दर्शनाले आफू १३ वर्षदेखि राजनीतिमा सक्रिय रहेको स्मरण गराउँदै, हालै सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा छैटौँ धेरै मत प्राप्त गर्दै निर्वाचित भएको उल्लेख गरिन्। उनले महामन्त्री पदमा उम्मेदवारी संगठनलाई सुदृढ र व्यवस्थित बनाउने उद्देश्यले दिएको स्पष्ट पारिन्।
विपिन आचार्य पर्दापछाडि रहेर पनि प्रभावकारी ढंगले काम गर्न सक्ने नेता भएकाले आफूले आचार्यसँगै रहेर संगठन निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्।