आजदेखि सुरु हुन लागेकाे राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा श्रम संस्कृति पार्टी सहभागी नहुने भएकाे छ । रास्वपाले आफ्नाे महाधिवेशनमा सहभागी भई शुभकामना दिन श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङलाई निम्ताे दिएकाे थियाे ।
निम्ताे पाएलगत्तै अध्यक्ष साम्पाङले फेसबुकमार्फत प्रधानमन्त्रीले दिएकाे सीमासम्बन्धी अभिव्यक्तिमा रास्वपाले आफ्नाे धारणा सार्वजनिक नगरेकाले सहभागी नहुने घाेषणा गरेका थिए ।
साम्पाङ सहभागी नहुने भए पनि प्रतिनिधि पठाउने अपेक्षा गरिएकाे थियाे । तर, कुनै पनि प्रतिनिधि उपस्थित नहुने देखिएकाे छ । श्रम संस्कृतिका महासचिव आरेन राईले महाधिवेशनमा आफ्नाे पार्टीबाट काेही पनि सहभागी नहुने बताए । ‘हामी सहभागी नहुने भयौँ । हाम्राे पार्टीको आफ्नै कार्यक्रम पर्याे,’ उनले भने ।