दृष्टिविहीन विद्यार्थीको शिक्षाका लागि आइएमई लाइफको पाँच लाख सहयोग

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले फेलोसिप सोसाइटी नेपाललाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको जनाएको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्क्रिन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्री उपलब्ध गराइनेछ ।

आइएमईको सहयोगबाट लोलांग काठमाडौं, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थीहरू लाभान्वित हुनेछन् । कम्पनीको यो सहयोगले उक्त विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्वपूर्ण आधार भएको विश्वास गर्दै कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको शैक्षिक उपलब्धि तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि नै दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा कार्य गर्दै आएको छ । 

See More On

सुझावित समाचार