- शिक्षामन्त्री सस्मित पोखरेल भन्छन्–सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक मात्र होइन, शैक्षिक र नैतिक क्षतिसमेत पुर्याएको छ । छानबिन र कानुनी प्रक्रियाको परिणामस्वरूप रकम फिर्ता हुने क्रम तीव्र बनेको छ ।
एक अध्ययनले अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयमातहतका तीन सय प्राध्यापक सम्पर्कविहीन रहेको पाइएको छ । अध्ययन बिदामा बसेका प्राध्यापकहरूबारे अध्ययन गर्न त्रिविले बनाएको समितिको प्रतिवेदनअनुसार ३९८ प्राध्यापक अध्ययन बिदामा रहेकामा एक सय पाँचजना मात्र सम्पर्कमा आएका छन् । अध्ययन बिदामा बसेर त्रिभुवन विश्वविद्यालयलाई आर्थिक क्षति पुर्याएका प्राध्यापकहरूमध्ये केहीले तलबभत्ताबापतको रकम फिर्ता गरेका छन् । त्रिविको दबाबपछि ४४ जना प्राध्यापकले ११ करोड रकम फिर्ता गरेका छन् भने थप ६१ जना सम्पर्कमा आएका छन् । अन्य अझै सम्पर्कबाहिर रहेको समितिले जनाएको छ ।
अध्ययन बिदामा बसेका प्राध्यापकहरूले रकम फिर्ता नगरेपछि त्रिविले शिक्षक–कर्मचारीहरूको खोजबिन गर्न संयोजक डा. जीवन काफ्लेको नेतृत्वमा चारसदस्यीय समिति बनाएको थियो । सो समितिले अध्ययन गर्दा ३९८ जना प्राध्यापकले अध्ययन बिदा बसेको, तर नफर्किएको भेटिएको थियो । ‘३९८ मध्ये ४४ जनाले तिर्नुभयो, ६१ जना सम्पर्कमा हुनुहुन्छ, अन्य ठुलो संख्यामा प्राध्यापकहरू सम्पर्कमा हुनुहुन्न, कतिपय नेपालमै रहेको पनि सुनिएको छ, कतिपय विदेशमा हुनुहुन्छ,’ समितिका संयोजक डा. जीवन काफ्लेले भने, ‘सम्पर्कमा आएका जतिलाई आआफ्नो भागमा परेको रकम तिर्नुस् भनेका छौँ ।’ अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा दुई अर्ब रुपैयाँभन्दा बढी घाटा भएको छ । तर, त्रिवि सेवाको नियमअनुसार यहाँका शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउँछन् ।
ती बिदामा बसेका प्रतिप्राध्यापक तथा कर्मचारीको सबै सेवा सुविधा र तलब जोड्दा वार्षिक १० लाख १७ हजार ६३३ रुपैयाँ पाउँछन् । यसअनुसार ३९८ शिक्षक कर्मचारीले पाँच वर्षको अवधिमा दुई अर्ब रुपैयाँ तलब तथा भत्ता पाएका थिए । उनीहरूलाई नियमित रूपमा तलब र भत्तासमेत जोडेर खातामा पठाउने गरिएको थियो । तर, पाँच वर्षसम्म बिदामा बसेपछि अधिकांश प्राध्यापकहरू फर्किएनन् ।
पढ्न गएकामध्ये अधिकांश विदेश पलायन नै भएपछि त्रिविले एक वर्षदेखि विभिन्न माध्यमबाट सम्पर्क गरी रकम फिर्ता गर्न दबाब दिएको थियो । सोहीअनुसार पछिल्लो ६ महिनायता ४४ जनाबाट ११ करोड रुपैयाँ फिर्ता भएको छ । अध्ययनपछि थप दक्षता बोकेर त्रिविमा फर्किने वाचासहित अध्ययन बिदामा बसेका प्राध्यापकहरू नफर्किएका हुन् ।
उनका अनुसार बिदामा बस्दा प्राध्यापक तथा कर्मचारीहरूलाई कबुलियत गरेर बिदा दिइन्छ । बिदा बस्दा सबैले फर्किएर सेवा गर्छु भनेर लिखित हस्ताक्षर गरेका हुन्छन् । उक्त सम्झौता गर्दा अध्ययन बिदा लिएर नफर्किएमा थप दश प्रतिशत हर्जनासहित तलबभत्ता फिर्ता गर्ने भनेर हस्ताक्षर गराइएको हुन्छ । सोहीअनुसार १० प्रतिशत हर्जनासहित असुल गरिएको संयोजक डा. काफ्लले बताए ।
त्रिवि कार्यकारी परिषद्ले २५ पुस २०८१ मा बनाएको समितिले ६ महिना अध्ययन गरेर प्रतिवेदन दिएको थियो । जसअनुसार अध्ययन पूरा गरे पनि नफर्किएका १९१ जना र बिदा लिएर तोकिएको समयमा अध्ययन पूरा तथा नफर्किएका २०७ जना गरी कुल ३९८ जना छन् । सोहीअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले रकम फिर्ता गर्न त्रिविलाई निर्देशनसमेत दिएको थियो ।
कसरी पुग्यो त्रिविलाई नोक्सानी ?
बिदामा बसेका प्रतिप्राध्यापक तथा कर्मचारीको सबै सेवा सुविधा र तलब जोड्दा वार्षिक १० लाख १७ हजार ६३३ रुपैयाँ पाउँछन् । यसअनुसार ३९८ शिक्षक कर्मचारीले पाँच वर्षको अवधिमा दुई अर्ब रुपैयाँ तलब तथा भत्ता पाएका थिए । उनीहरूलाई नियमित रूपमा तलब र भत्तासमेत जोडेर खातामा पठाउने गरिएको थियो । तर, पाँच वर्षसम्म बिदामा बसेपछि अधिकांश प्राध्यापकहरू फर्किएनन् ।
पढ्न गएकामध्ये अधिकांश विदेश पलायन नै भएपछि त्रिविले एक वर्षदेखि विभिन्न माध्यमबाट सम्पर्क गरी रकम फिर्ता गर्न दबाब दिएको थियो । सोहीअनुसार पछिल्लो ६ महिनायता ४४ जनाबाट ११ करोड रुपैयाँ फिर्ता भएको छ । अध्ययनपछि थप दक्षता बोकेर त्रिविमा फर्किने वाचासहित अध्ययन बिदामा बसेका प्राध्यापकहरू नफर्किएका हुन् ।
‘३९८ मध्ये ४४ जनाले तिर्नुभयो, ६१ जना सम्पर्कमा हुनुहुन्छ, अन्य ठुलो संख्यामा प्राध्यापकहरू सम्पर्कमा हुनुहुन्न, कतिपय नेपालमै रहेको पनि सुनिएको छ, कतिपय विदेशमा हुनुहुन्छ,’ समितिका संयोजक डा. जीवन काफ्लेले भने, ‘सम्पर्कमा आएकाजतिलाई आ–आफ्नो भागमा परेको रकम तिर्नुस् भनेका छौँ ।’