सन्दीप दोस्रोपटक बृजको ब्रान्ड एम्बासडर

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण

शैक्षिक परामर्शदाता कम्पनी बृज इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर कप्तान सन्दीप लामिछानेलाई दोस्रोपटक ब्रान्ड एम्बासडर बनाएको छ ।

पोखरामा दुई पक्षबिच सम्झौता भएको हो । बृजले ०८१ भदौमा दुई वर्षका लागि सम्झौता गरेको थियो । सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा पुनः दुई पक्षबिच पाँच वर्षका लागि नवीकरण भएको बृजका अध्यक्ष महेश गिरीले बताए ।

निर्देशक गिरीले नेपालको खेलकुद इतिहासमै एकैपटक यति लामो समयका लागि सम्झौता भएको यो पहिलोपटक भएको दाबी गरेका छन् । लामिछानेले एकदिवसीय खेलमा छिटो ५० र १५० विकेट लिने विश्वकीर्तिमान बनाएका छन् ।

सम्झौतापछि लामिछानेले नेपालकै नम्बर वान कन्सल्टेन्सी बृजसँगको सम्झौताले आफू थप उत्साहित भएको बताए । उनले दुई वर्षअघि आफू कठिन समयमा हुँदा बृजले उठाउने काम गरेको स्मरण गरे । बृजले ग्राउन्ड लेभलबाट नै क्रिकेट खेलको विकास गर्नुपर्छ भनेर राइजिङ एन्ड साइनिङ विथ एस २५ कार्यक्रमसमेत घोषणा गरेको छ । 

सुझावित समाचार