प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोज्दै विपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेका छन्। नीति तथा कार्यक्रमको छलफलमा सहभागी नभएका प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुुनुपर्ने भन्दै सांसदहरूले नाराबाजी गरिरहेका छन्।
विपक्षी दलको विरोधका बाबजुद सभामुखले बैठक अघि बढाएका छन्। सभामुखले प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोबिता गौतमलाई प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ को प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएपछि फेरि अवराेध भएकाे हाे।
यसअघि आजै बसेको बैठक विरोधपछि १५ मिनेटका लागि स्थगित भएको थियो। ढिलो गरी सुरु भएको दोस्रो बैठकमा पनि नाराबाजी भएपछि सभामुखले विरोधबिच नै बैठक सञ्चालन गरेका हुन्।