श्रम संस्कृति पार्टीलाई आफ्नो क्रियाकलाप सच्याउन सभामुखको चेतावनी

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

सभामुख डाेलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई आफ्नो क्रियाकलाप सच्याउन चेतावनी दिएका छन् । बुधबार पनि संसदमा प्लेकार्डसहित विरोध गरेपछि सभामुखले प्रतिनिधिसभाको मर्यादा कायम गर्नु सबै सांसदको कर्तव्य हुने भन्दै आफ्ना क्रियाकलाप सच्याउन चेतावनी दिएका हुन् ।

उनले प्रतिनिधिसभाको नियमावली २०८९ को नियम २० को खण्ड ‘झ’ र नियमावलीको ३० मा रहेको नियमप्रति सजग हुन आग्रह गरे। संसद् अभद्र व्यवहार देखाउने थलो नभएकाले त्यस्ता क्रियाकलाप आगामी दिनमा नगर्नसमेत सुझाए । 

सुझावित समाचार