सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीमाथि वार्षिक ३० हजार खर्च गर्दै आएको छ । शिक्षा मन्त्रालयको आँकडाअनुसार किताब, कापी, खाजादेखि शिक्षकलाई दिएको तलबसम्मलाई भाग गर्दा त्यति खर्च हुने गरेको छ ।
‘सरकारले सामुदायिक विद्यालयमा पढ्ने हरेक विद्यार्थीमाथि वार्षिक औसत ३० हजार खर्च गर्छ, तैपनि सामुदायिक विद्यालयको अवस्था र विद्यार्थी आकर्षण सोचेजस्तो हुन सकेको छैन,’ उनले भने, ‘यसलाई थप प्रभावकारी बनाउन जरुरी छ ।’ सापकोटाका अनुसार निजी विद्यालयले भने प्रतिविद्यार्थी औसत ८० हजार खर्च गर्छन् ।
हाल नेपालमा २७ हजार २० सामुदायिक विद्यालय छन् । ती विद्यालयमा झन्डै ५० लाख बालबालिका अध्ययनरत छन् । हाल सरकारले विद्यालय तहमा कार्यरत शिक्षक–कर्मचारी गरी दुई लाख ३२ हजार १०५ जनालाई तलब खुवाएको शिक्षा मन्त्रालयका प्रवक्ता सापकोटाले बताए । यसबाहेक निजी स्रोतबाट ३० हजारभन्दा बढी शिक्षक तथा कर्मचारी छन् । हाल बालविकासको अनुभवविना कक्षा १ मा भर्ना हुने विद्यार्थी २२ प्रतिशत छन् ।