श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले आज पनि प्रतिनिधिसभाको बैठकमा प्लेकार्ड देखाएर विरोध गरेक छन् । बैठक सुरु हुनेबित्तिकै उनले आसनबाट उठेर प्लेकार्ड देखाएर विरोध गरेका हुन् ।
प्रधानमन्त्ती बालेन्द्र शाह संसद्प्रति उत्तरदायी हुनुपर्ने भन्दै उनले हिजो पनि प्लेकार्ड देखाएर विरोध गरेका थिए । त्यसकै निरन्तरणमा आज पनि उनले प्लेकार्ड देखाएर विरोध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले आफनो ध्यानाकर्षण भएको र सचिवालयमा कुरा राख्ने जनाएपछि उनी बसेका थिए ।