प्रधानमन्त्री र अर्थमन्त्रीबिच भेटवार्ता

शुक्रबार, १ जेठ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको छ।

भेटका क्रममा सरकारले हालै पारित गरेको नीति तथा कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

अर्थमन्त्री वाग्ले प्रधानमन्त्री शाहसँगको भेटपछि केहीबेरअघि कार्यालयबाट बाहिरिएका हुन्।

सुझावित समाचार