विद्युत् प्राधिकरणमा श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो । श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा  छन् । उनले ०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा प्राधिकरणमा सेवा प्रवेश गरेका थिए ।

यसअघि प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका– १५ निवासी अंशुकिरण शाही र उपभोक्ताको तर्फबाट नागार्जुन नगरपालिका– ५ निवासी कृष्ण बसेल रहेका छन् ।

नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराए ।

सुझावित समाचार