छात्रवृत्तिमा ११ र १२ पढ्न चाहनुहुन्छ भने भर्नुहोस् फारम

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौंं महानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी  गरेर जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११ : ५९ बजेसम्म अनलाइन फारम भर्न आग्रह गरेको छ । 

परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएकाले विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनु पर्नेछ । 

छात्रवृत्ति छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने महानगरले जनाएको छ ।  उक्त परीक्षामा माध्यमिक तह (कक्षा १०) को पाठ्यक्रममा आधारित रहेर १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने जनाइएको छ।  

विद्यार्थीहरुले विषयहरूको अंकभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाको वेबसाइटमा हेर्न मिल्ने बनाइएको छ । 

सुझावित समाचार