जेन–जी आन्दोलनपछिको रोस्टममा उभिँदा असहज, गर्व र चुनौती महसुस गरेको छु : प्रचण्ड

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन–जी आन्दोलनपछिको नयाँ र केही असाधारण परिस्थितिमा सम्पन्न निर्वाचनबाट पूर्वप्रधानमन्त्रीपछि आफू एक्लै निर्वाचित भएर उक्लै रोस्टममा उभिँदा केही असहज, केही गर्वसहित चुनौतीपूर्ण जिम्मेवारीको महसुस गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रचण्डले दुईतिहाइको मत पाएको रास्वपालाई बधाई दिए । निर्वाचनमा आफ्नो पार्टी निकै खुम्चिए पनि यो निर्वाचनको पक्षमा वातावरण बनाउन आफ्नो दलले खेलेको भूमिका सबैलाई थाहा भएको बताए।

परिणामको दृष्टिले सानो–ठुलो जो जे भए पनि संघीय लोकतान्त्रिक  गणतन्त्रअन्तर्गतको यो प्रतिनिधिसभाका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम, थारू, उपेक्षित, उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व आफ्ना लागि पार्टीको विजयभन्दा महत्त्वपूर्ण रहेको र हुने बताए । 

See More On

सुझावित समाचार