कांग्रेसमा १९ केन्द्रीय सदस्य मनोनीत

मंगलबार, २९ बैशाख, २०८३
डिजिटल संस्करण

कांग्रेस सभापति गगन थापाले पहिलोपटक केन्द्रीय समिति विस्तार गरेका छन् । उनले सोमबार १९ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका १२ र नेता डा. शेखर कोइराला पक्षमा सातजनालाई केन्द्रीय सदस्य बनाइएको छ । १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित महेन्द्र यादव र जीवन परियार पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । यादव देउवा र परियार कोइराला पक्षका हुन् ।

सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेको केन्द्रीय कार्यालयका कामु मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

मनोनीत हुनेमा देउवा पक्षका महेन्द्र यादव (धनुषा), उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी), राजीव ढुंगाना (सुनसरी), नागिना यादव (महोत्तरी), डा. जीवन राना (कैलाली) र सीता थपलिया (उर्मिला) (धादिङ) छन् ।

कोइराला पक्षका जीवन परियार (कास्की), सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडू (दार्चुला), डा.चन्द्र भण्डारी (गुल्मी), राजीव कोइराला (सुनसरी), प्रा.डा. गोविन्दराज पोखरेल (प्युठान) र दिनेश कोइराला (चितवन) छन् ।

सुझावित समाचार