कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकताबद्ध गर्न आवश्यक : प्रचण्ड

आइतबार, २७ बैशाख, २०८३
डिजिटल संस्करण
कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकताबद्ध गर्न आवश्यक : प्रचण्ड

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई नयाँ  शिराबाट एकताबद्ध गर्न आवश्यक रहेको बताएका छन्।

निर्मल लामाको २६औँ स्मृतिका अवसरमा आइतबार पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘अब हामीले फेरि नयाँ परिस्थितिमा आन्दोलनलाई नयाँ  शिराबाट एकताबद्ध गर्ने ऐतिहासिक दायित्व हाम्रो काँधमा छ।’

सरकारले गणतन्त्रका उपलब्धि र श्रमजीवी वर्गमाथि नै सबैभन्दा धेरै प्रहार गरिरहेको आरोप लगाउँदै प्रचण्डले कम्युनिस्टहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।

‘त्यसो गर्न सकिएन भने निकै अप्ठ्यारो अवस्था आउन सक्छ। सबैभन्दा बढी त राष्ट्रिय स्वाधीनता निकै अप्ठ्यारो ठाउँमा पुगेको देखिएको छ। कम्युनिस्ट आन्दोलनलाई संकटमा धकेल्ने कसरतहरू भएरहेका छन्,’ उनले भने।

सुझावित समाचार