सरकारको नीति तथा कार्यक्रम २८ वैशाखमा

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम २८ वैशाखमा संसद्मा पेस गर्ने भएको छ । संघीय संसद्को दुवै सदनको सोमबार बस्ने संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कार्यक्रम वाचन गर्नेछन् ।

प्रतिनिधिसभा नियमावलीको परिच्छेद ७ मा राष्ट्रपतिबाट सम्बोधन र नीति तथा कार्यक्रमसम्बन्धी व्यवस्था छ । बजेट अधिवेशनमा राष्ट्रपतिको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम उल्लेख गरेर दुवै सदनको संयुक्त बैठकमा वाचन गराइन्छ । राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने व्यवस्था छ ।

राष्ट्रपतिको सम्बोधनका लागि संसद् सचिवालयले आवश्यक तयारी थालेको छ । सरकारले २८ वैशाख दिउँसो २ बजे दुवै सदनको अधिवेशन बोलाएको छ । लगत्तै अपराह्न ४ बजे राष्ट्रपतिको सम्बोधन हुनेछ । ढिलो अधिवेशन बोलाउँदा बजेटसम्बन्धी बिजनेसको चाप परेको संसद् सचिवालयका अधिकारीले बताएका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्रअनुसारै नीति तथा कार्यक्रम र बजेट निर्माण भइरहेको बताए । ‘हाम्रो पार्टीको वाचापत्रअनुसारै आगामी नीति कार्यक्रम र बजेट आउँछ,’ उनले भने । 

सुझावित समाचार