नेपालको अहिलेको हार वामपन्थीहरूको मात्र नभई लोकतन्त्रको हो : शंकर पोखरेल

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा पछिल्लो निर्वाचनमा वामपन्थीहरूको हार उसको मात्र नभई समग्र लोकतान्त्रिक शक्तिहरूको हार भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्नु गलत भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘जबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ। अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो।’

नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले होइन, त्यसका भविष्यमुखी एजेन्डा, जनता र राष्ट्रको हितका पक्षका गतिविधि र जनतासँगको सम्बन्धका आधारमा निर्धारण हुने उल्लेख गरे । 

अहिलेको मुख्य विषय नेपालको लोकतान्त्रिक आन्दोलनको आधारका रूपमा रहेका शक्तिहरूले यसप्रकारको हारको कारण खोज्नुपर्ने बताए । गम्भीर समीक्षा र मूल्यांकन गर्नु तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु अहिलेको आवश्यकता रहेको बताए । 

संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी र कायरहरूको बाटो भएको भन्दै उनले एउटा क्रान्तिकारीले संकट र चुनौतीलाई सामना गर्दै  प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काम गर्नुपर्ने बताए । 

सुझावित समाचार