ट्रेड युनियनका​​​​​​​ कार्यालय बन्द गर्न र आबद्धलाई सुविधा फिर्तासहित काममा फर्किन सरकारको निर्देशन

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

सरकारले ट्रेड युनियनका कार्यालय बन्द गर्न र आबद्ध कर्मचारीलाई सुविधा फिर्तासहित काममा फर्किन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार मन्त्रालय, विभाग, आयोग, सचिवालय र निकायहरूसमेत सबै सरकारी कार्यालयलाई एकमुस्ट पत्राचार गर्दै ट्रेड युनियनको नाममा गतिविधि रोक्न र काममा फर्किन निर्देशन दिएको हो । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निर्देशनसहित पत्राचार गरेको छ ।

सबै मन्त्रालय र अधिकांश केन्द्रीय निकाय–संस्थानमा ट्रेड युनियनपिच्छेका विभागीय संरचना र समिति छन् । सबै निकायलाई एकमुस्ट सम्बोधन गर्दै मन्त्रालयले विभागीय तथा अन्य समितिका कार्यालय बन्द गर्न भनेको हो । साथै सवारीसाधनलगायत अन्य सेवा सुविधा फिर्ता गर्न भनिएको छ । मन्त्रालयले ट्रेड युनियनका विभिन्नस्तरका समितिमा आबद्ध कर्मचारीलाई काममा लगाउन भनिएको छ ।

सुझावित समाचार