सुकुमवासीको विवरण संकलनको विषयमा सेनाको स्पष्टीकरण

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली सेनाले सुकुमवसीहरूको विवरण संकलनकाे विषयमा स्पष्टीकरण दिएको छ। सम्भावित विपतका घटनाहरूमा उद्धार, राहत वितरण र पुनर्स्थापनालाई सहज बनाउन तथ्यांक मागेको सेनाले जनाएको छ।

‘...नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपतका घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापनाका कार्यहरूलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्सांकन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको सबैमा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार