संसद् छलेर ल्याइएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई विपक्षी चार दलको आह्वान

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाका चार विपक्षी दलहरूले संसद् छलेर सरकारले ल्याएको अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई आह्वान गरेका छन्।

अध्यादेश अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै नेपाली कांग्रेस, एमाले, नेकपा र राप्रपाले राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेश अस्वीकृत गर्न आग्रह गरेका हुन्।

‘सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस भई गएका अध्यादेशहरू संसद् छल्ने उद्देश्यका साथ सिफारिस भई आएका हुनाले स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष हार्दिक अनुरोध गर्दछौँ,’ चार दलको बैठकको निर्णयमा भनिएको छ।

संसद्को अधिवेशन आह्वान गरेलगत्तै स्थगन गरी अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम भएको ठहर गर्दै विपक्षी दलहरूले स्थगित अधिवेशन अविलम्ब आह्वान गर्न माग गरेका छन्।

सुझावित समाचार