नेपालगन्जस्थित भेरी अस्पतालका अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीमाथि हातपात प्रयास गरेको भन्दै ओपिडी सेवा बन्द गरेका चिकित्सकले नियमित काममा फर्कने जनाएका छन्।
बैजनाथ गाउँपालिका– ६ की ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर १०–१२ जना युवाको समूहले सुपरिटेन्डेन्ट डा. नीराजन सुवेदीमाथि हातपात प्रयास गरेका थिए । भौतिक आक्रमणमा उत्रिने र गालीगलौज गर्नेहरूलाई प्रहरीले पक्राउ परेपछि उनीहरू नियमित काममा फर्किएका हुन् । स्वास्थ्यकर्मीहरूले चारबुँदे माग राखेर काममा फर्किएको जनाएका छन् ।
ओपिडी सेवा अनिश्चितकालका लागि बन्द भएपछि उपचारमा आएका बिरामी मर्कामा परेका थिए।