सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित क्रिकेट मैदान भत्काउन नखोजिएको स्पष्टीकरण दिएका छन्।
त्रिविका उपकुलपति, रजिस्ट्रार, रेक्टरलगायतसँग आफूले छलफल गरेको जानकारी दिँदै मन्त्री पोखरेलले त्रिवि र क्यान दुवै राज्यका निकाय भएकाले क्रिकेट मैदान नभत्कनेमा आश्वस्त हुन आग्रह गरे।
सम्झौता नवीकरण हुने बताउँदै उनले भने, ‘खाली गराउने उद्देश्य होइन। लिज सकिएको हुनाले लिज एग्रिमेन्ट फेरि गर्नुपर्नेछ। फेरि नयाँ लिज एग्रिमेन्टसहित आउँछ। त्यसमा कुनै समस्या छैन।’