शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, १२ बैशाख, २०८३
डिजिटल संस्करण

अवैध संरचनाहरूको अखडा बनेकाे गैरीगाउँमा बिचौलिया सुकुमवासीको भागाभाग

अवैध संरचनाहरूको अखडा बनेको सिनामंगलस्थित गैरीगाउँमा पनि सरकारले डोजर चलाएको छ। गैरीगाउँमा टहराभन्दा पनि ठुलाठुला पक्की घर रहेपछि भत्काउन गाह्रो भइरहेको छ।

दुई दिनदेखि नै बिचौलियाको भागाभाग भएको छ। वास्तविक पीडितहरू त्यहाँ रहेका छन्। उनीहरूलाई सरकारले अस्थायी होल्डिङ सेन्टरमा राख्ने र वास्तविक पहिचान भएपछि स्थायी बसोबास गराउने सरकारको तयारी छ। 

काठमाडाैं उपत्यकाका अनधिकृत बस्ती हटाउने अभियान तीव्र

सरकारले काठमाडौँ उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्तीहरू खाली गराउने कार्य जारी राखेको छ ।

यस क्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती खाली गरिएको छ भने वडा नम्बर ९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरमा बस्ती खाली गर्ने क्रम जारी छ ।

यसैगरी, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका अनधिकृत बस्तीहरू खाली गर्ने तयारी भएको छ  ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ अनधिकृत घरधुरी रहेका छन् ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईमाथि नेपालको जित

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमै समेटियो। युएईका हर्पितसिंह भाटियाले सर्वाधिक ३९ रन बनाए भने कप्तान मोहम्मद वासिमले ३४ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन्।

नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक–एक विकेट हात पारे।

गर्भपतन सेवा लिदा मृत्यु प्रकरणः डाक्टर निलम्बित र दुई फार्मेसी बन्द गर्न सिफारिस

बुटवलमा गर्भपतन सेवा लिदा मृत्यु भएको प्रकरणमा तत्कालका लागि एक जना चिकित्सकलाई निलम्वन र २ वटा क्लिनिक सिल गर्न सिफारिस भएको छ ।
 पाल्पाकी २९ वर्षीया गीता पाण्डेयको गर्भपतन सेवा लिने क्रममा भएको मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानविन समितिले गेको अध्ययन र सिफारिसका आधारमा कावाही प्रक्रिया अगाडी बढाइएको हो ।

१७ चैतअघि तीन दिन लगाएर ९० लाख लिटरभन्दा बढी इन्धन बिक्री, तर मूल्यवृद्धि नहुँदा निराश

१ र १५ तारिखमा मूल्यवृद्धि गर्ने स्थायी संरचना भएअनुसार १७ चैतमा पुनः मूल्यवृद्धि गर्ने कार्यतालिका थियो । त्यसवेला पनि निगमले औसत मागभन्दा बढी हुने गरी १५ चैतमा पेट्रोल ३७ लाख ३६ हजार लिटर र डिजेल ९७ लाख २९ हजार लिटर, १६ चैतमा २९ लाख दुई हजार लिटर पेट्रोल र ७५ लाख ४७ हजार लिटर डिजेल तथा मूल्यवृद्धि हुने १७ चैतमा ३१ लाख ७४ हजार लिटर पेट्रोल र ६८ लाख ४६ हजार लिटर डिजेल बिक्री गरेको थियो ।

निजामती विधेयकमा यस्ता छन् ४९ नयाँ व्यवस्था

कर्मचारीको दलीय आबद्धतामा कडाइदेखि मुख्यसचिव र सचिवको पदावधि घटाउनेसम्मका महत्वपूर्ण प्रस्ताव समेट्दै सरकारले संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको छ । मस्यौदामा हालको निजामती सेवा ऐनभन्दा चार दर्जन नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । 

तेलमा झेल : २ वैशाखको मूल्यवृद्धिलाई लक्षित गरेर पनि मागभन्दा बढी इन्धन बिक्री

नेपाल आयल निगम व्यवस्थापन र पम्प सञ्चालकहरूले २ वैशाख (१५ अप्रिल)मा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची आउनेबित्तिकै मूल्यवृद्धि हुने अनुमान गर्दै त्यसबाट लाभ लिन अघिल्लो दिनदेखि नै ठुलो परिमाणमा इन्धन बिक्री गरेको देखिएको छ ।

समाचार लेखेको विषयमा पत्रकार धामीविरुद्ध मुद्दा

समाचार लेखेकै विषयमा कञ्चनपुरका एक पत्रकार विरुद्ध जनप्रतिनिधीले उजुरी दिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको  छ। सुशासन सम्बन्धीका समाचार लेखेकै आधारमा पत्रकार बासुदेव धामी(विमल) विरुद्ध बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले उजुरी दिएपछि पत्रकार महासंघले आपत्ति जनाएको हो । 

सांसद विश्वराज पोखरेलले मागे माफी

सांसद विश्वराज पोखरेलले ओखलढुंगामा दिएका अभिव्यक्तिप्रति माफी मागेका छन्। गृहजिल्लाको खिजिदेम्बा गाउँपालिका–२, रगनीस्थित चण्डेश्वरी मावि पुगेका पोखरेलले प्रधानाध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेल जंगिएको भिडियो बाहिरिएपछि उनी विवादित बनेका थिए।

सुकुमवासी समस्यालाई राजनीतीकरण नगरी सरकारलाई काम गर्न दिऊँ: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले  सुकुमवासी समस्यालाई राजनीतिकरण गर्न नहुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले सुकुमवासी समस्याको स्थायी र दीर्घकालीन समाधान गर्ने उद्देश्यका साथ बालेन नेतृत्वको सरकारले चालेको कदम सकारात्मक भएको उल्लेख गरेका छन् ।

सुझावित समाचार