राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सुकुमवासी समस्यालाई राजनीतिकरण गर्न नहुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत उनले सुकुमवासी समस्याको स्थायी र दीर्घकालीन समाधान गर्ने उद्देश्यका साथ बालेन नेतृत्वको सरकारले चालेको कदम सकारात्मक भएको उल्लेख गरेका छन् ।
सुकुमवासीहरूको उचित व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै सरकारले यो समस्याको सदाका निम्ति समाधान गर्न सक्नुपर्नेमा उनले जोड दिए । सुकुम्बासी समस्यालाई राजनीतीकरण नगरीकन एकपटक सरकारलाई काम गर्ने मौका दिनुपर्नेमा उनको जोड