शनिबार बिहान थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर लगाएपछि सरकारले गैरीगाउँस्थित सुकुमवासी बस्तीमा डोजर लगाउने तयारी गरेको छ। बस्तीभित्र रहेका सामान खाली ठाउँमा सार्ने काम भइरहेको छ।
बस्तीका सबै सामान निकालेर ठाउँ खाली भएपछि मात्रै संरचनामा डोजर चलाउने तयारी छ। त्यसका लागि सामान सार्न प्रहरीले स्थानीयलाई सहयोग गरिरहेको छ। बस्तीभित्र व्यापारिक सटरहरू पनि रहेका छन्।