सशस्त्र प्रहरी बलका ६ एसएसपीको डिआइजीमा बढुवा सिफारिस भएको छ। शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले दिग बिजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीको बढुवा सिफारिस गरेको हो। सिफारिसउपर सात दिनभित्र उजुरी दिन भनिएको छ।
सशस्त्रमा लामो समयदेखि डिआइजीका पद रिक्त थिए।
त्यस्तै, ७ जना एसएसपीमा बढुवा सिफारिस भएका छन्। दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाशकुमार सुवेदी, चित्रांगत दहाल, सुभाष भण्डारी र प्रदीपसिंह कार्की एसपीबाट एसएसपीमा बढुवा सिफारिस भएका हुन्।
