नेपाल सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुकुमवासी बस्तीमाथि डोजर चलाउने कुरा मन्त्रिपरिषदबाट कुनै पनि निर्णय नभएको बताएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रवक्ता पोखरेलले यो विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको जानकारी दिए ।