महान्यायाधिवक्ता नियुक्तिविरुद्धका तीनवटा निवेदनहरू दर्ता भएका छन्। बुधबार तीन रिट निवेदन दर्ता भएकाे सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
महान्यायाधिवक्ता नियुक्त हुन डा. नारायणदत्त कँडेलको योग्यता नपुग्ने भन्दै पेस भएका निवेदन यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।
अधिवक्ता माधवकुमार बस्नेत, शिराज बरालसहित आठजना र अधिवक्ता दीपकराज जोशीसहित पाँचजनाले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका हुन्। तीनवटै मुद्दालाई लगाउमा राखी भोलि बिहीबारको पेसी तोकिएको कोइरालाले जानकारी दिए।