बढ्न थाल्यो गर्मी, भोलि पश्चिम तराईमा तातो हावा चल्ने
अधिकतम र न्यूनतम तापक्रम उकालो लागेसँगै तराईमा गर्मी बढेको छ। पश्चिम तराई र त्यहाँका उपत्यकामा भने सोमबार तातो लहरको चेतावनी दिइएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार धनगढी, नेपालगन्ज र दिपायलमा तातो हावाको लहर तथा घोराहीमा तातो दिन हुने सम्भावना छ। यसबाहेक मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनीका तराई तथा उपत्यका र खोँचमा पनि तापक्रम बढ्ने अनुमान छ।
नो अब्जेक्सन लेटर आफैँले प्रिन्ट गर्न सकिने
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेटलाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय(केयू)बिच एपिआई गर्ने कार्य सम्पन्न गरेको हो ।
देउवा समूहले बृहत् राष्ट्रिय भेला गर्ने
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले बृहत् राष्ट्रिय भेला गर्ने भएको छ।
आइतबार काठमाडौंमा उपलब्ध देउवा पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए। अब चरणबद्ध रूपमा प्रदेशस्तर, जिल्लास्तरको बैठक हुँदै बृहत् राष्ट्रिय भेला गर्ने विश्वकर्माले बताए।
रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि
राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको हो।
संविधान संशोधन सुझाव समितिलाई कांग्रेसले दियो पूर्णता
नेपाली कांग्रेसले संविधान संशोधनका लागि अध्ययन गरी सुझाव दिन गठित समितिलाई पूर्णता दिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत ११ गतेको बैठकले संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिनका लागि विज्ञ सम्मिलित समिति बनाउने निर्णय गरेको थियो। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा रहेको समितिलाई कांग्रेसले आइतबार पूर्णता दिएको हो।
अन्तरपुस्ताबिच सदभाव बढाउन बुढ्यौली शिक्षा
अन्तरपुस्ताबिच सदभाव बढाउन तथा एकले अर्काप्रति नैतिक जिम्मेवारी बढाउनका लागि कञ्चनपुरमा बुढ्यौली शिक्षा कार्यक्रम गरिएको छ।
पछिल्ला वर्षहरूमा नयाँ र पुराना पुस्ताबिचको खाडलका कारण ज्येष्ठ नागरिक समस्यामा पर्न थालेपछि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले सातै प्रदेशमा बुढ्यौली शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
महासंघकी वरिष्ठ उपाध्यक्ष शारदा चन्दले ज्येष्ठ नागरिक अभिभावक र प्लस–टुका विद्यार्थीबिच अन्तरक्रिया गराई बुढ्यौली शिक्षा आदान–प्रदान गरिएको बताइन्। उनका अनुसार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित महेन्द्रनगरबाट सुरु गरिएको उक्त कार्यक्रम सातै प्रदेशमा सञ्चालन गरिनेछ।
रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक बोहरा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन्। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई प्रवास विभाग प्रमुख तोकेको हो।
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ।
बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यालयका सचिव दिनेश थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
एम्बुलेन्सको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु, दुईजना घाइते
बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको छ । गुलरिया नगरपालिका– ७, डिभिजन वन कार्यालयनजिक एम्बुलेन्सको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको हो ।
कोहलपुरबाट राजापुर बिरामी लिन जाँदै गरेको एम्बुलेन्सले बिहान सवा ५ बजे योग गर्नका लागि जाँदै गरेका पैदलयात्री ठक्कर दिएको थियो । एम्बुलेन्सको ठक्करबाट पैदल यात्री गुलरिया नगरपालिका– ७ बस्ने ५५ वर्षीय भूमिराज लामिछाने र उनका नाति पाँच वर्षीय रियान्स खरेलको मुत्यु भएको हो ।
म्यान्डेट प्राप्त सभापति र कार्यसमितिले बृहत् एकताको पहल गर्नुपर्छ : मीन विश्वकर्मा
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सर्वोच्च अदालत र निर्वाचन आयोगबाट म्यान्डेट प्राप्त सभापति र कार्यसमितिले बृहत् एकताको पहल गर्नुपर्ने बताएका छन्।
पूर्वसभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकपछि बोल्दै विश्वकर्माले एकताको लागि पहल गर्न ढिलाइ भए पार्टीमा गम्भीर क्षति पुग्ने बताए।