देउवा समूहले बृहत् राष्ट्रिय भेला गर्ने

आइतबार, ६ बैशाख, २०८३
डिजिटल संस्करण
देउवा समूहले बृहत् राष्ट्रिय भेला गर्ने

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

अदालतको फैसला पुनरावलोकनमा जान नेताहरूको सुझाव

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले बृहत् राष्ट्रिय भेला गर्ने भएको छ।

आइतबार काठमाडौंमा उपलब्ध देउवा पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिए। अब चरणबद्ध रूपमा प्रदेशस्तर, जिल्लास्तरको बैठक हुँदै बृहत् राष्ट्रिय भेला गर्ने विश्वकर्माले बताए।

‘अब यथाशीघ्र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्यहरूको बैठक बस्नेछ। बैठकपछि चरणबद्ध रूपमा प्रदेशस्तरको, जिल्लास्तरको  बैठक बस्नेछ  र बृहत् राष्ट्रिय भेला गर्नेछ,’ उनले भने।

आजको बैठकमा अदालतबाट भएको फैसला पुनरावलोकनमा जानसमेत नेताहरूले सुझाव दिएको नेता विश्वकर्माले बताए।

सुझावित समाचार