१२ वटा संसदीय समिति सभापतिको मनोनयन दर्ता भोलि हुने भएको छ । भोलि दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय रहेको संघीय संसद् सचिवालयले जनाएको छ । संघीय संसद्अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत १० वटा र राष्ट्रिय सभाअन्तर्गत चारवटा समिति रहेका छन् । दुईवटा संयुक्त समिति रहेका छन् । राष्ट्रिय सभामा चार समिति सभापतिको निर्वाचन भइसकेको छ ।