सरकारले विद्यालय तहदेखिकै पाठ्क्रमममा कोडिङ डेटा, कृत्रिम बुद्धिमता र साइबर सुरक्षाको सीप पाठ्क्रममा समावेश गर्ने जनाएको छ ।
मंगलबार १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक गर्दै सरकारले नेपालमै बसेर विदेशी कम्पनी, निकाय वा रोजगारदाताको लागि काम गर्न पाउने व्यवस्था सुनिश्चित गर्न कानूनी र नीतिगत संशोधन गरी रिमोर्ट वर्क,डिजिटल रोजगारी तथा सीमापार सेवा निर्यातलाई बढवा दिने जनाइएको छ ।
त्यस्तै डिजिटल अर्थतन्त्रलाई आथिर्क वृद्धि, उच्च उत्पादकत्व र गुणस्तरीय रोजगारी सृजनाको प्रमुख क्षेत्रको रुपमा विकास गर्न अनवश्यक स्रोत विनियोजनसहित सार्वजनिक–निजी लगानी अभिवृद्धि गर्ने पनि जनाइएका छ ।