कानुनमन्त्री गौतमको बैंक ब्यालेन्स साढे १० लाख, गाडी खरिदका लागि दुई बैंकमा ऋण

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन्। आज प्रधानमन्त्री तथा मन्त्रीहरू सबैले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। जसमा कानुनमन्त्री गौतमले आफ्नो बैंक ब्यालेन्स १० लाख ५० हजार तीन सय ३५ रुपैयाँ  रहेको उल्लेख गरेकी छिन्। त्यस्तै, उनले गाडी खरिदको लागि दुई बैंकबाट ऋण लिएको पनि विवरणमा उल्लेख गरेकी छिन्। 

गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएको र त्यसमा ७ लाख तिरेको बताएकी छिन् भने गाडी खरिदकै लागि एभरेष्ट बैंकबाट २५ लाख ऋण लिएको उनले उल्लेख गरेकी छन्।

उनले आफूसँग १५ तोला सुन, एक तोला हिरा र ९ तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्।

सुझावित समाचार