प्रधानमन्त्रीको बैंक ब्यालेन्स एक करोड ४६ लाख, श्रीमतीसँग १९० तोला गहना

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंक खातामा एक करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन्।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार बालेनको आम्दानीको स्रोत सामाजिक सञ्जाल हो। उनको आम्दानीको स्रोतमा फेसबुक, युट्युब, टिकटक, स्पोर्टिफाई र आइट्युन्स उल्लेख छ।

यसैगरी, उनकी श्रीमती सबिना काफ्लेको नाममा १९० तोला गहना छ। उक्त गहनाको स्रोतमा ‘पैतृक’ उल्लेख छ।

सुझावित समाचार